Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पीडित हुँ भन्न ठूलै हिम्मत चाहिन्छ : प्रियंका

पीडित हुँ भन्न ठूलै हिम्मत चाहिन्छ : प्रियंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १०:५६:४५ बजे
  • 1.0K
    SHARES
  • पीडित हुँ भन्न ठूलै हिम्मत चाहिन्छ : प्रियंका

    पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु बिस्तारै खुल्न थालेका छन् । यस्तैमा अभिनेत्री प्रियंका कार्कीले पल बिरुद्ध उजुरी दिने नाबालिग गायिकाको समाजले चरित्र हत्या गर्नु गलत भएको बताएकी छन् ।

    images

    उनले पीडितको चरित्रमा प्रश्न उठाउनु समेत गलत भएको धारणा राखेकी छन् । प्रियंकाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै पीडितको विपक्षमा आवाज उठाउने दिदी बहिनीको समेत आफुले सम्मान गर्ने बताइन् ।

    ‘दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले म पीडित हुँ’ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ’ कार्कीले भनिन् ‘यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु ।’

    नेपालमा रहेको नाबालिगको हकको कानुन उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र नभएर विश्वका धेरै देशमा भएको जानकारी दिँदै उनले विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार,उमेर नपुगेकाहरुले ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर यस्तो कानुन बनाएको बताएकी छन् ।

    ‘नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो’ उनले अगाडि थपिन् ‘यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन ।’

    दोषी र निर्दाेष छुट्टाउने कर्तब्य कानुनको भएकोले कानुनलाई निष्पक्ष काम गर्न दिनु हामी सबैको कर्तब्य भएको समेत उनको धारणा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology