Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जंकफुड नै विद्यालयको दिवा खाजा

जंकफुड नै विद्यालयको दिवा खाजा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १२:४५:५४ बजे
  • 1.2K
    SHARES
  • जंकफुड नै विद्यालयको दिवा खाजा

    सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी बालबालिकालाई शिक्षण सिकाइ केन्द्रित बनाउन विद्यालयमा पोषिलो खाजा कार्यक्रम लागु भए पनि त्यो अहिलेसम्म प्रभावकारी भएको छैन ।

    images

    बालबालिकालाई विद्यालय आफैँले करिब १५ रुपैयाँ बराबरको पोषिलो खाजा खुवाउनुपर्ने नियम छ । तर, अधिकांश विद्यालयले विद्यार्थी वा अभिभावकलाई खाजावापतको ५ रुपैयाँ दिँदा उनीहरूको खाजाको रुपमा जंकफुड प्रयोग बढेको छ । विद्यालयमै खाजाको व्यवस्था नहुँदा बालबालिकाले चाउचाउ, नमकिन, बिस्कुट जस्ता वस्तु प्रयोग गर्ने गरेका बताउँछन् ।

    यद्यपि, यसभन्दा पहिले भने घरबाट उत्पादित खाजा खाने र त्यसवापत अभिभावकलाई नगद दिने व्यवस्था गरिएको थियो । विद्यालयको कमजोर व्यवस्थापनका कारण बालबालिकाले जंकफुड खान बाध्य भएको अभिभावक भूमिसरा बोहराले बताइन् ।

    ‘विद्यालयमै खाजाको व्यवस्था छैन, मैले त अधिकांश समयमा घरमै नास्ता बनाएर पठाउने गरेको छु,’ उनले भनिन्, ‘सधैँ सम्भव पनि नहुने रहेछ, कहिले त नगद दिएर पठाउँछु, नगद हातमा परेपछि खै के खान्छन्, थाहा छैन ।’ बालबालिकालाई जंकफुडबाट टाढा राख्न र वृद्धि विकासमा सहजता ल्याउनका लागि सरकारले प्राथमिक तहमा दिवा खाजा लागु गरेको हो ।

    नेपालको संविधान २०७२ को अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवं नियमावली २०७७ अनुसार बालबालिकाको दिवा खाजा कार्यक्रम कानुनी रूपमा स्थापित गरेको छ । प्राथमिक तहका बालबालिकालाई दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले आउने गरेको छ ।

    विद्यालयले गुणस्तरीय खाजाको व्यवस्थापन गरी बालबालिकालाई दिवा खाजा खुवाउनुपर्ने भए पनि अधिकांश विद्यालयले अभिभावकलाई नगद रुपैयाँ दिँदा बालबालिकाले जंकफुड खान बाध्य छन् । विद्यालयमै नास्ता बनाएर खुवाउनुको साटो अभिभावकसँग समन्वय गरेर सरकारको मापदण्डविपरीत सोझै तोकिएको रकम एकमुष्ट दिने गरेको अर्का अभिभावक श्रीजना चौधरीले बताइन् ।

    ‘कोरोना महामारीअघि विद्यालयमै खाजाको व्यवस्था थियो, तर कोरोना महामारीपछि बालबालिकाले जंकफुड खान बाध्य छन्,’ उनले भनिन्, ‘विद्यालयले खाजाको व्यवस्था विद्यालयमै नगर्दा बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।’ सरकारको नीतिअनुरुप सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थी जंकफुडमुक्त हुनुपर्ने हो ।

    , त्यसो हुन सकिरहेको छैन । सामुदायिक विद्यालयको नेतृत्व गरिरहेका स्थानीय तहका शिक्षा शाखाले भने विगतका वर्षमा सो कार्यक्रम लागु भए पनि कोरोना महामारी लगायत कारण कार्यक्रम कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । आउँदो शैक्षिक सत्रबाट कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित पक्षसँग सहमति भइसकेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।

    ‘प्राथमिक तहका विद्यालयमा साना बालबालिकाको लागि दिवा खाजा कार्यक्रम लागु भएपनि कोरोनाका कारण प्रभावित हुन पुगेको छ ।’ उनले भने, ‘अब आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम लागु गर्छौँ, दिवा खाजाले बालबालिकाको सिकाइलाई पनि सहज बनाउँछ ।’ दिवा खाजा विद्यालयमा लागु नहुँदा धेरै बालबालिकाले कक्षा छोड्ने गरेका छन् । विद्यालयमै खाजा नहुँदा विद्यालय जाने समस्या बढेको छ ।

    सरकारले सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीको लागि कार्यक्रम ल्याएकोमा विद्यालयले सकारात्मक रुपमा लिए पनि बजेट अभावमा कार्यक्रम प्रभावकारी हुन नसकेको पशुपति माध्यमिक विद्यालय हरिपौराका प्रधानाध्यापक रुद्र डाँगीले बताए ।

    ‘कार्यक्रममात्र ल्याएर भएन, बजेटको पर्याप्तता नहुँदा दिवा खाजा कार्यक्रमले निरन्तरता पाउन सकेको छैन,’ उनले भने, ‘कोरोना महामारी आएपछि यो कार्यक्रम नै प्रभावित हुन पुगेको छ ।’ सिकाइलाई दिगो बनाउन शिशु कक्षादेखि पाँच कक्षासम्मका बालबालिकाका लागि विद्यालय दिवा खाजा कार्यक्रम लागु गरिए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # विद्यालयको दिवा खाजा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology