Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १३:२६:१७ बजे
  • 1.2K
    SHARES
  • मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

    नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।

    images

    प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

    केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ ।

    मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन् ।

    निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्छन् ।

    कोभिड संक्रमणका कारण रोकिएको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको हो ।

  • सम्बन्धित विषय:

  • # निःशुल्क ओपीडी सेवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology