Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १७:१९:२४ बजे
  • 1.2K
    SHARES
  • थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । सोही अवधिमा ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हाल नेपालमा ७ हजार २४२ जना सक्रिय संक्रमितहरुका रहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ८५ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ११ हजार ८३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology