Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा भेटिए

हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • २०:५४:२२ बजे
  • 730
    SHARES
  • हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा भेटिए

    सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

    images

    कपुरकोट गाउँपालिका—२ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा भेटिएको परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

    मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत अवस्थामा भेटाएको हो । बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा भेटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology