Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

व्यवसायी सुनिता केसी मृत भेटिइन्

व्यवसायी सुनिता केसी मृत भेटिइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • १६:५६:१० बजे
  • 1.4K
    SHARES
  • व्यवसायी सुनिता केसी मृत भेटिइन्

    विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् । मृत्युको कारण हालसम्म खुल्न सकेको छैन ।

    images

    पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    उनी महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् । केसी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन् भने धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष समेत रहेको उनलाई चिन्नेहरू बताउँछन् ।

    त्यस्तै आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् । मृत्युको कारण आर्थिक जोडिएको हुन सक्ने जानकारहरू बताउँछन् । धरानका समाजसेवी महेश्वर राईकी पत्नी हुन् ।

    प्रहरीका अनुसार घटनास्थल छानबिन गरिरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology