Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीलंकालाई नेपालले दियो २१५ रनको लक्ष्य

श्रीलंकालाई नेपालले दियो २१५ रनको लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १४:२८:१३ बजे
  • 1.4K
    SHARES
  • श्रीलंकालाई नेपालले दियो २१५ रनको लक्ष्य

    अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए ।

    यस्तै, आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन मात्र जोडे । श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे ।

    नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधैँ युएइ जाने तालिका छ ।

  • सम्बन्धित विषय:

  • # २१५ रनको लक्ष्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology