Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर राहुल थापा पक्राउ

रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर राहुल थापा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १७:१६:३७ बजे
  • 1.5K
    SHARES
  • रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर राहुल थापा  पक्राउ

    भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् ।

    images

    चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

    उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।

    बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।

  • सम्बन्धित विषय:

  • # राहुल थापा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology