Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एक सुत्केरी महिलाको योनीद्वारमै सियो हराएपछि…

एक सुत्केरी महिलाको योनीद्वारमै सियो हराएपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • ०९:३९:४४ बजे
  • 1.3K
    SHARES
  • एक सुत्केरी महिलाको योनीद्वारमै सियो हराएपछि…

    रौतहटमा सुत्केरी गराउन प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा पुगेकी एक महिलाको योनीद्वारमै सियो भाँच्चिएर हराएको घटना सार्वजनिक भएको छ।

    images

    आइतबार अबेर राति सुत्केरी व्यथाले च्यापेर प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा पुगेकी एक महिलालाई चिकित्सकले इपी रिटर (योनीको तल्लो भागमा ब्लेड)ले चिरेर सकुशल नवजात शिशुको जन्माएका छन्।

    राति १२ बजे ब्यथाले छटपटाई रहेकी महिलाको सकुशल सुत्केरी गराउनको लागि परिवारका सदस्यहरुले गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। महिलाको गर्भमा ठूलो बच्चा रहेको कारण विहान ४ बजे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरहत चिकित्सकहरुले इपी रिटर गरी बच्चा जन्माएका थिए।

    सफल अपरेसनपछि योनीद्वारमा टाँका लगाउने क्रममा सियो नै भाँचिएर हराएको थियो। रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपराका २५ वर्षीय जितेन्द्र महतोको १९ वर्षीया श्रीमती अम्बिका महतोको गर्भबाट अपरेसन गरेर नबजात शिशु निकापछि योनीद्वार सिलाउने क्रममा सियो भाँच्चिएर भित्रै हराएको थियो।

    अपरेसन गरेर बच्चा निकालेपछि झन्डै सामान्य अवस्थामा आइसकेकी सुत्केरीको घाउ सिलाउने क्रममा टाँका लगाउँदा सुई नै भाँच्चिएर हराएपछि महिलालाई असह्य पीडा हुन थालेको थियो।

    करिब एक घन्टासम्म प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले हराएको सियो खोजविन गर्दा पनि फेला पार्न सकेनन्। सुत्केरीको पीडा कम हुनुको साटो झन् बढ्दै गएपछि उपचारको लागि एम्बुलेन्समा राखेर चन्द्रपुर अस्पतालमा पुर्‍याएका थिए।

    चन्द्रपुर अस्पतालका चिकित्सकको लागि पनि नौलो घटना रहेकोमा अस्पतालको चिकित्सक टिमले विभिन्न प्रविधि अपनाएर हराएको निडिल फेला पारेर निकाल्न सफल भएको थियो।

    चन्द्रपुर अस्पतालको टिमले निकै मिहिनेत गरेर प्रविधिको सहयोगले सुई निकाल्न सफल भएको महिलाका श्रीमान जितेन्द्र महतोले बताएका छन्।

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology