समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् ।
सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चौधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।
उनले ती आफ्नी छोरी संगीताकुमारी सदाको राजविराज–१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।
छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीको लालनपालन गरेको उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्, ‘सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री बनाउन सक्नुहुन्थ्यो ।
उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयो ।’
चौधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेको र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।