Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तरलता समस्या समाधान हुँदै,१२ अर्ब कर्जा लगानी

तरलता समस्या समाधान हुँदै,१२ अर्ब कर्जा लगानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • ११:५६:४९ बजे
  • 1.1K
    SHARES
  • तरलता समस्या समाधान हुँदै,१२ अर्ब कर्जा लगानी

    आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ ।

    images

    फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको हो ।

    गत साता निक्षेपमा राम्रै सुधार देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत फागुन १५ देखि २० गतेसम्ममा १२ अर्ब निक्षेप बढेको छ भने १२ अर्ब नै नेपाली मुद्रामा कर्जा लगानी भएको छ ।

    यद्यपि, विदेशी मुद्राको निक्षेप र कर्जालाई आधार मान्ने हो भने जति कर्जा लगानी भएको छ त्योभन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गतेसम्म बैंकहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ ।

    अर्थात् एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । सोभन्दा अघिल्लो सातामा जम्मा १ अर्ब मात्र निक्षेप थपेको थियो । फागुनको पहिलो सातामा पनि १ अर्ब मात्र निक्षेप थपेको थियो ।

    गत साता कर्जा पनि ५ अर्बले बढेको छ । गत माघ महिनासम्म ४१ खर्ब ५९ अर्ब कर्जा रहेकोमा दोस्रो सातामा ६ अर्ब बढेर ४१ खर्ब ६५ अर्ब पुगेको थियो अहिले आएर बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब पुगेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # १२ अर्ब कर्जा लगानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology