Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग 

आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • १३:१९:४७ बजे
  • 2.0K
    SHARES
  • आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग 

    कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । 

    images

    यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्सी सामग्री संकलन गरेर उपलब्ध गराइएको हो । 

    बिद्युत सर्ट भएर आगोलागी हुँदा घर र त्यहाँ रहेका सबै सामान जलेपछि चार सदस्यीय दमाई परिवार छिमेकी आफन्तकहाँ आश्रयलिएर बसेका छन् । समितिका अध्यक्ष तुलसीनाथ सुबेदी (रामप्रसाद), उपाध्यक्ष तथा संयोजक दामोदर शर्माले दमाईलाई सामग्री र नगद हस्तान्तरण गर्नुभएको थियो ।

    समितिका सचिब राजुप्रसाद सुबेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मानबअधिकार एलायन्स म्याग्दीका अध्यक्ष दिपक पौडेलले समितिले विपद् ब्यवस्थापनमा पु¥याएको योगदानप्रति धन्यवाद दिनुभयो । 

    कार्यक्रममा समितिका कोषाध्यक्ष देवीप्रसाद शर्मा, सहसचिव इन्द्रप्रसाद सुवेदी, सदस्य भगवान शर्मा, साधारण सदस्य भविन्द्र घिमिरे र वेदप्रसाद अधिकारी लगायतको उपस्थिति थियो । समितिले गत माघ महिनामा बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडित रामचन्द्र खत्रीका परिवारलाई रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेको थियो ।  

    पहिरो पिडित, ज्ञानोदय माबिका दृष्टिबिहिन बिद्यार्थीलाई स्वास्थ्य सामग्री, झोला र जुत्ता, बगुवा खोलाका बौद्धिक अपाङ्ग बिद्यार्थीलाई कपडा सहयोग, बेनी नगरपालिकाका अशक्त बालबालिकालाई न्यानो कपडा बितरण, स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र धार्मिक, पर्यटकीय स्थलको सरसफाई गरेको समितिले जनाएको छ । 

     

     

     

  • सम्बन्धित विषय:

  • # व्यवसायीको सहयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology