Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीलंकन नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

श्रीलंकन नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • १८:४०:४३ बजे
  • 772
    SHARES
  • श्रीलंकन नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

    श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।

    images

    नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८,विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै सन्दीपले अविजित १४ रन थपेका थिए ।

    ३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए । यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो ।

    नेपालले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेभी १०३ रनमा समेटिएको थियो । नेपालले १ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

  • सम्बन्धित विषय:

  • # लगातार दोस्रो जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology