पोल्याण्ड/सोमबार पत्रकार सामु परराष्ट्र मन्त्रि नारायण खड्काले युक्रेनमा युद्ध पछि अलपत्र नेपालीको उद्दार र सहयोग गरेकोमा भारतलाई धन्यवाद ज्ञापन गरेपछि प्रवासमा सहयोगको लागि अहोरात्र खट्ने सस्थाका प्रतिनिधिले असन्तुष्टि जनाएका छन्।
पररास्ट्र मन्त्रि खड्काले ५ सय भन्दा धेरै नेपालीको युक्रेन बाट उद्दार भएको र धेरै नेपाली पोल्याण्ड पुगेको जनाए । तर मन्त्रि खड्काले उद्दारमा अहोरात्र खटिने गैर आवासीय नेपाली संघ पोल्याण्ड र अन्य सस्थालाई सम्झिएनन् बरु छिमेकी देश भारतलाई धेरै धन्यवाद भन्न भ्याए।
एनआरएनए पोल्याण्डले विज्ञप्ति निकालेरै पोख्यो असन्तुष्टि
यसैबीच गैर आवासीय नेपाली संघ (पोल्याण्ड ) ले युक्रेनमा युद्ध पछिको अवस्थामा नेपालीलाई सहयोग गर्न टास्क फोर्स नै बनाएर सहयोग गरेकोमा परराष्ट्र मन्त्री खड्काले भारतको सहयोगको कारणले नेपालीलाई सहयोग पुगेको बताए पछि प्रेस विज्ञप्ति निकालेरै असन्तुष्टि जनाएको छ।
एनआरएनए पोल्याण्डले नेपाल सरकारका पररास्ट्र मन्त्रि नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सामु युक्रेनमा अलपत्र नेपालीको भारत लगायत देशले उद्दार गरि पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानान्तरण गरिएको भन्ने भनाई आफैमा प्रमाण-विहिन, हास्यास्पद र लज्जाबोधले भरिएको छ भनेको छ।
"जर्मनीको बर्लिन स्थित नेपाली दुतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई विशेष पहल गरि सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जना भन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेन बाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको तथा लगायत अहिले १०० जना भन्दा धेरै हाम्रो ब्यवस्थापनमा अझै रही रहनु भएको छ" एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी र महासचिव पवन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
गैर आवासीय नेपाली संघ माथि अविस्वास पैदा गर्न लागि परेको भान हामीलाई भएको छ। गैर आवासीय नेपाली संघ पोल्याण्डको अथक प्रयासलाई नजरअन्दाज र अविश्वास गरिएको यो भनाइमा हामि कडा आपत्ति जनाउदै आफ्नो स्रोत र साधनले भ्याएसम्म मानवीय सहयोग जारि राख्ने प्रण व्यक्त गर्दछौ विज्ञप्तिमा भनिएको छ।
