Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • १७:०२:२७ बजे
  • 1.1K
    SHARES
  • जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

    जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ ।

    images

    पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

    यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान चिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology