Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप २२४ जनामा सङ्क्रमण पुष्टि

थप २२४ जनामा सङ्क्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • १८:३९:०३ बजे
  • 1.7K
    SHARES
  • थप २२४ जनामा सङ्क्रमण पुष्टि

    दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

    १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

    थप २९१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology