Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जातिय गीतमा सम्बन्धित् जातका कलाकारलाई गाउन लगाउनु जातिय विभेदको हो : शिव परियार

जातिय गीतमा सम्बन्धित् जातका कलाकारलाई गाउन लगाउनु जातिय विभेदको हो : शिव परियार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • २१:४१:२५ बजे
  • 1.8K
    SHARES
  • जातिय गीतमा सम्बन्धित् जातका कलाकारलाई गाउन लगाउनु जातिय विभेदको हो : शिव परियार

    गायक शिव परियारले जातिय गीतहरूमा सम्बन्धित जातिका कलाकारलाई खोजेर गायनका लागि प्रस्ताव गर्नु पनि जातिय विभेदको नमुना भएको बताएका छन् ।

    images

    बुधबार सामाजिक सञ्जालमा लेख्दै गायक परियारले दुई शब्द जातिय सम्बन्धि गित लेखेर सम्बन्धित जातका कलाकार खोजेर गायनका लागि प्रस्ताव गर्नु र उनीहरुलाई मात्र संलग्न गराउन खोज्नु जातिय विभेदको नमुना भएको बताए ।

    'जातिय विभेद उन्मुलन तथा जातिय समताका लागि दुई शब्द कोरिने वित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायक गायिका मात्र खोजी गरी हिँड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस विषयमा सम्वद्ध गायनमा उनीहरुलाई मात्र संलग्न गराउन सोच राख्नु पनि जातिय विभेदकै एउटा सुषुप्त नमुना हो’।

    परियारले लेखेका छन्, 'जातिय समताका लागि जनचेतना जगाउन गीत गैर उत्पीडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउँदा झन यो विषयमा अझ जनचेतना फैलिन सक्दछ ।’

    जातिय विभेद कुनै एक सम्प्रदायको समस्या नभएर देशकै विकासको बाधक बनेको भन्दै उनले यसलाई निर्मुल पार्न सवैले लाग्नु पर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # शिव परियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology