संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म १० जनाको मृत्यु भएको छ ।
दुर्घटनाको सम्पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।
हालसम्म १० जनाको मृत्यु भएको जानकारी आएको बताउँदै उनले घाइते र मृत्यु हुनेको संख्याबारे जानकारी संकलन भइरहेको बताए। बस मादीबाट झापाको दमकका लागि छुटेको थियो ।
आज बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस सडकबाट करिव चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा २५ जना सवार रहेको प्रहरीको भनाइ छ।