Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • १३:२७:४७ बजे
  • 994
    SHARES
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेनकुमार मण्डल रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ । लक्की ड्रमार्फत् २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटिपी कोड लिइ रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ ।

    उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो ।

    उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # अनलाइनमार्फत् ठगी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology