Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको छैन : नेपाल प्रहरी

म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको छैन : नेपाल प्रहरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • १६:३७:२३ बजे
  • 988
    SHARES
  • म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको छैन : नेपाल प्रहरी

    नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ननिकालेको स्पष्ट पारेको छ ।

    images

    ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।

    आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology