Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ११२ जना संक्रमित, मृत्यु शून्य

थप ११२ जना संक्रमित, मृत्यु शून्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • १८:४२:४४ बजे
  • 1.4K
    SHARES
  • थप ११२ जना संक्रमित, मृत्यु शून्य

    नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

    त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology