समय अबसर रहेछ, अबसर मौका । तर मौका सबैको लागि नआउने रहेछ । समयको महत्व बुझ्नेका लागि अबसर नै अबसर हुदोरहेछ , जस्तो एउटा ब्यक्तिले किताब लेखेर मौका छोप्छ, अर्को ब्यक्तिले छापेर औसर छोप्छ । अर्को ब्यक्तिले किताब बेचेर अबसर छोपेको हुन्छ, अर्को ब्यक्तिले पढेर अबसर छोपेको हुन्छ । अबसर बुझ्ने सबैलाई फाइदै फाईदा तर जसले मौकामा चौका हान्न सकेन वा समयको महत्त्व बुझ्न सकेन त्यसका लागि घाटै घाटा ब्यहोर्नु पर्ने रहेछ । समयको महत्व बुझ्नुलाई अबसर लिनु भनेर बुझिदो रहेछ, यसैलाई मौकामा चौका हान्न्ने भनेर बुझिदो रहेछ, यसैलाई औसर वा अबसर भन्दा हुदो रहेछ ।
जसले अबसर लिन सक्यो त्यो कमजोर भएर पनि बलवान हुदो रहेछ, कमजोर भएर पनि शक्तिशाली हुदो रहेछ । अपराधि, हत्यारा बन्नु पर्ने ब्यक्ति महान नेता बन्ने रहेछ । उसैको अगाडि पछाडि मान्छेहरुको भिड लाग्ने रहेछन । उ नै सबैको नजरमा हाई हाई हुदो रहेछ तर जसले समयलाई चिन्न सकेन, समयको सदुपयोग गर्न सकेन त्यो बलवान र शक्तिशाली हुँदाहुदै पनि समाजमा निर्बल साबित हुन पुग्ने रहेछ । त्यस्ता ब्यक्तिलाई आफ्नै नजिकका आफन्तले पनि घोडा बनाएर कुद्न खोज्ने रहेछन । अबसर लिने अबसरबादिहरुको आखामा पट्टि लागेको हुदो रहेछ । ति ब्यक्तिहरुले राम्रो काम र सत्यतामाथि पनि धावा बोल्दै अबसर लिन नचुक्ने रहेछन । अबसरबादिको अगाडी सत्य पनि चुक्ने रहेछ, सत्यको पनि हार हुदोरहेछ ।
मलाई यस्तो लाग्छ जसले जुन समयमा अबसर लिए तिनीहरुले समयको अपमान त गरेका होइनन फरक यत्ति मात्र हो कि आजका धुर्त र कपटि ब्यक्तिहरु त्यो अबसरलाई गलत साबित गर्न सफल भए । तिनै ब्यक्तिले सत्यलाई असत्य बनाईदिए, सहयोगलाई स्वार्थसङ्ग जोडिदिए, इमान्दारलाई बेइमान बनाईदिए, सज्जनलाई दुर्जन बनाईदिए, बिगतलाई कथा र घटनामा रुपान्तरण गरिदिए । यसैबाट स्पस्ट हुन्छ, जसले समयलाई आफ्नो बहसमा पार्न सक्छ त्यहि ब्यक्तिको स्वर समाजमा ठुलो हुने रहेछ, चाहे त्यो चोर नै किन नहोस । चाहे त्यो ठग नै किन नहोस । चाहे त्यो अपराधी नै किन नहोस । चाहे त्यो भ्रष्टाचारी नै किन नहोस । चाहे त्यो हत्यारा नै किन नहोस ।
समयको सबै भन्दा महत्व बर्तमानमा हुने रहेछ ।
समयलाई कामयाब वा बेकाम बनाउने भन्ने कुरा ब्यक्तिको आचरणमा भर पर्ने रहेछ । कसैको लागि त्यहि समय अबसर भैदिन्छ भने कसैको लागि त्यहि समय बेकाम भैदिदो रहेछ । बर्तमानमा जसले जति औसर छोप्न सक्तछ, त्यहि सफल हुदोरहेछ । भबिष्यमा समयको सदुपयोग हुन्छ या हुदैन, औसर हात लाग्छ या लाग्दैन त्यो कुरा अनिश्चित हुने रहेछ भने भूतको औसर कथा, घटना र इतिहासमा रुपान्तरण भैदिने रहेछ ।
समयको महत्व बुझेका द्रब्य शाहले गोरखाका मगर राजालाई ठीक मौकामा दौड लागाउन हाक दिएर अबसर छोपे । त्यहि अबसरका कारण सयौं बर्ष उनका सन्तानले नेपालमा राज गर्न सफल भए । इतिहास हेर्दा प्रतिस्पर्धा निकै रोचक देखिन्छ, मगर राजा जो रक्सी र मासुले टुन्न बनेर दौड प्रतियोगितामा भाग लिन्छन भने अर्को ब्यक्ति हलका चंगा शरीरले भाग लिन पुग्छन । हल्का ब्यक्तिको अगाडि रक्सिले मातेको ब्यक्तिको के लाग्छर । समयलाई चिन्न नसक्दा राजा भएर पनि पराजय सहनु पर्यो । प्रतियोगिता बिजेता चलाक शाह नै भए र गोर्खाको राजा बने । त्यो समयको सदुपयोग गरि औसर लिने कम ठुलो उदाहरण होइन । त्यस्तै त्यस्तै उदाहरण अहिले पनि समाजमा, परिवार कतै कतै देख्न सकिन्छ । कसै कसैले भोगेका पनि होलान ।
फेरि अर्को उदाहरण दिन चाहे, नेपालका राजा न दलितका प्रतिस्पर्धि थिए । न उत्पीडितका प्रतिस्पर्धि थिए । न महिला, न मधिसे, न जनजाति आदि कसैका प्रतिसपर्धि थिए । तर समयको महत्त्व बुझेका चलाख बाहुनहरुले यि सबैको सहयोग लिई जसरि गोरखाका मगर राजालाई द्रब्य शाहले हटाए त्यस्तै गरि उनका सन्तान राजा ग्यानेन्द्र शाहलाई राज गद्दीबाट हटाई दिए । यहि हो मौकामा चौका भनेको । हामिलाई थाहै छ, राजाफाल्ने निहुमा हजारौं जनताको बलि दिन सफल भए । बास्तबमा त्यो मानबिय अपराध र हत्या थियो । तर समयको महत्व बुझ्नेल त्यसलाई अबसर बनाईदिए र महामहिम नेता कहलिए । त्यहि समयलाई अवसर बनाउन नसक्नेहरु अहिले पनि बिभिन्न किसिमका यातना भोगेर बस्न बाध्य छन । समयलाई चिनेर मान्छे मार्दा सिहदर्बार पुगिदो रहेछ, देशको प्रधानमन्त्री भैदो रहेछ तर समयलाई चिन्न सकिएन भने अपराधीको बनेर जेल बस्नु पर्ने रहेछ । समय समय समय त्यसै भनिएको हो रहेनछ ।
एउटा रोचक भनाई छ, जो चोर उसैको ठूलो सोर भने जस्तै समयमा अबसर लिन सक्नेहरु अहिले पनि इन्द्र चोकको साढे जस्तै भएर जिएका छन । तर जसले समयको महत्व बुझेन र त्यो समयमा अबसर लिन सकेनन ति ब्यक्तिको लागि काम पनि छैन फुर्सद पनि छैन भने जस्तै सडक सडक र गल्लि गल्लिमा भौतारिन बाध्य भएका छन । समय नै ठुलो रहेछ, अबसर नै जिउने कला रहेछ । बुझ्नेलाई सृखण्ड न बुझ्नेलाई हसियाको बिड त्यसै भनिएको होइन रहेछ, समयलाई चिन र अबसरको खोजी गर, मौका छोप्ने र अगाडि बढ्ने अबसर प्रकृतिले सबैलाई दिएकै छ ।
समयको महत्व नबुझ्ने र त्यो समयलाई अबसरको रुपमा परिणत गर्न नसक्नेहरु आफुले गरेको राम्रो कामको लागि पनि पछुताउनु पर्ने रहेछ । धुर्त ब्यक्तिहरुले त्यहि राम्रो कामलाई गलत बनाईदिएर अबसर लिइरहेका हुन्छ र मोज गरिरहेका हुन्छन । कसैको इमान्दारीता, कसैको दुख, कसैको मिहिनेत, कसैको सत्यता अबसरबादिहरुको लागि गज्जबको अबसर बन्ने रहेछ । समय निकै बलवान हुदो रहेछ जसले कसैको पबित्र साधुतलाई दुष्टता सिद्ध गरिदिदो रहेछ । के देखिएन यहाँ ? त्यसैले मान्छे बन्न चाहनेले समयमै अबसरबादलाई छानेर अबसरबादिताको ढ्वाङ बजाउन जान्नु पर्दो रहेछ । यहि हो मौका यहि हो बेला भन्न नजान्नेहरु सधै पछुताउनु पर्ने रहेछ ।