Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको आँबुखैरेनीमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

तनहुँको आँबुखैरेनीमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७८ आइतवार • १७:५५:०८ बजे
  • 1.0K
    SHARES
  • तनहुँको आँबुखैरेनीमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

    images

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा ३ जनाको निधन र १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा १ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि चितवनस्थित मेडिकल लैजाने क्रममा ३ जनाको निधन भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका १० जनाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology