Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनको कोरोनाविरुद्धको खोप डिसेम्बरसम्म बजारमा आउदै

चीनको कोरोनाविरुद्धको खोप डिसेम्बरसम्म बजारमा आउदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • ०९:०६:४७ बजे
  • 1.7K
    SHARES
  • चीनको  कोरोनाविरुद्धको खोप डिसेम्बरसम्म बजारमा आउदै

    एजेन्सी । चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ।

    images
     

    विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गत महिनादेखि चीनका सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।

    चीनको नेशनल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपतकालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका थिए । उनको भनाईमा सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड–१९ को खोप दिन सकिन्छ।

    त्यस्तै यही महिनाको सुरुतिर एक चिनियाँ व्यावसायिक घरानाका प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड–१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो ।

    चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ। चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड–१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी रूपमा प्रयोग गरिने उल्लेख छ।

    चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत पनि दिएको छ।
    तर केहीले चीनले खोपबाट कूटनीतिक फाइदा लिन खोज्ने आरोप पनि लगाएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology