Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

भारतमा नेपालीले नै गरे नेपालीको अपहरण

भारतमा नेपालीले नै गरे नेपालीको अपहरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७८ सोमवार • १७:१२:३९ बजे
  • 1.5K
    SHARES
  • भारतमा नेपालीले नै गरे नेपालीको अपहरण

    भारतको राजधानी नयाँ दिल्लीस्थित सागरपुर थाना इलाकाबाट शनिबार विहान अपहरणमा परेका एक नेपाली युवकलाई प्रहरीले सकुशल अवस्थामा फेला पारेको छ भने अपहरणमा संलग्न भनिएका ५ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।

    images

    शनिबार बिहान कारमा सवार केही मानिसले हरिशरण नाम गरेका नेपाली युवकको अपहरण गरेका थिए । उनको विस्तृत विवरण भने खुलाइएको छैन ।

    यो घटनाको जानकारी प्राप्त भएपछि दिल्ली प्रहरी सक्रिय भएको थियो । प्रहरीले सो क्षेत्रको सीसीटीभी फुुटेज तथा अन्य कयौं तरिकाबाट अनुसन्धान गरेको थियो ।

    आरोपितको खोजीमा लागेको प्रहरी टोलीले अपहरणमा प्रयोग भएको गाडी उत्तराखण्ड हुँदै नेपालको बाटोतर्फ गइरहेको तथ्य फेला पारेपछि करिब ८०० किलोमिटरसम्म पछ्याएर उत्तराखण्डसँग जोडिएको नेपालको सीमाबाट उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

    प्रहरीका अनुसार हरिशरणले फ्रान्स पठाउने भनेर करिब ८० लाख रुपैयाँ लिएको केही समयपछि बेपत्ता भएपछि ती पाँच युवा उनको खोजीमा दिल्ली आएका थिए ।

    हरिशरण दिल्लीमा रहेको थाहा पाएपछि आएका उनीहरुले हरिशरणलाई फेला पारेर नेपालतर्फ लैजान खोजेका थिए । तर, त्यसअघि नै दिल्ली प्रहरीले अपहरणमा परेका हरिशरणलाई उद्धार गर्दै अपहरणमा संलग्न युवकहरुलाई नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपालीको अपहरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology