Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिठ्ठा परेको लोभमा २९ लाख रुपैयाँ झ्वाम

चिठ्ठा परेको लोभमा २९ लाख रुपैयाँ झ्वाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७८ बुधवार • ०९:२३:०२ बजे
  • 2.1K
    SHARES
  • चिठ्ठा परेको लोभमा २९ लाख रुपैयाँ झ्वाम

    चिठ्ठा परेको लोभमा फँस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा. जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् । ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो ।

    images

    यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएको हो ।

    ‘पहिले मलाई फ्रेन्ड रिक्वेस्ट आयो, परिचय भयो, नजिकको व्यक्तिजस्तै गरेर कुराकानी भयो, चिठ्ठा परेको भनेर जानकारी आयो, पछि विभिन्न चरणमा गरेर मलाई पैसा पठाउन भन्न थालियो,’ ती व्यक्तिले भने, ‘पछि भारत आएको छु, बेखर्ची भएँ भनेरसमेत पैसा पठाउन भनियो, मैले केही दिन त आलटाल गरें तर पछि पठाइदिएँ ।’

    उनले भारतमा उपचारका लागि आएको, रकम अभाव भएको, एटीएमले काम नगरेकोलगायतका विभिन्न बाहना बनाएर आफूलाई ठगी गर्नेहरूले रकम पठाउन लगाएकोसमेत जानकारी दिएका हुन् ।

    उनलाई विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले ह्वाट्सएपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नु नपर्ने भनेका थिए ।

    ती पीडित व्यक्तिले ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको बैंक खातामा २९ लाख जम्मा गरेपछि ठगीमा परेको भन्दै प्रहरीसमक्ष पुगेका हुन् ।

    महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्नमध्येका काभ्रे मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको ठिमी बस्ने गाम्दीप गौतमलाई पक्राउ गरेर कारबाहीका लागि महानगरीय प्रहरी परिसरलाई बुझाएको छ ।

    ती व्यक्तिलाई पीडितको जाहेरीका आधारमा गत सोमबार पक्राउ गरिएको थियो ।

    समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # २९ लाख रुपैयाँ झ्वाम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology