Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पपुवान्युगिनीविरुद्ध नेपालको जित

पपुवान्युगिनीविरुद्ध नेपालको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७८ बुधवार • १९:३०:२६ बजे
  • 1.3K
    SHARES
  • पपुवान्युगिनीविरुद्ध नेपालको जित

    आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटकामे रोमाञ्चक जित हासिल गरेको छ ।

    images

    नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

    यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

    पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

    नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । ब्याटिङतर्फ नेपालका रोहित पौडेल र आरिफ शेखले अर्धसतक बनाए ।

    यस्तै अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गराए ।

  • सम्बन्धित विषय:

  • # नेपालको जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology