Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी

द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७८ शुक्रवार • ०९:५६:३३ बजे
  • 1.9K
    SHARES
  • द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी

    नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो।

    images

    रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ।

    ‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुन्छ’, सभापति खड्काले भनिन्।

    सभापति खड्काले रूख कटानमा पनि समस्या देखिएको बताइन्। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा नै ध्यान नदिएको पाइएको खड्काको भनाइ छ।

    ‘कतिपय स्थानमा सडकलाई चाहिनेजति स्थान नलिएको देखिएको छ’, सभापति खड्काले भनिन्, ‘कामभन्दा बढी तल–माथि भएको देखिन्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # कमजोरी नै कमजोरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology