Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दोस्रो जितको दाउमा नेपाल

दोस्रो जितको दाउमा नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७८ शुक्रवार • १०:२३:४६ बजे
  • 1.5K
    SHARES
  • दोस्रो जितको दाउमा नेपाल

    पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग सामना गर्दैछ ।

    images

    सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

    यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने–सामने भएका छन् ।

    जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।

    लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # जितको दाउमा नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology