Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घरेलु हिंसाका घटना बाहिर आउन थाले

घरेलु हिंसाका घटना बाहिर आउन थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७८ शुक्रवार • ११:५९:५२ बजे
  • 1.8K
    SHARES
  • घरेलु हिंसाका घटना बाहिर आउन थाले

    लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् ।

    images

    बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् ।

    उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटना बढ्दै गएको देखिएको छ । ‘तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्,’ अधिकारीले भनिन् ‘पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउँन थालेका छन् ।

    महिला दिदीबहिनीमा हिंसा लुकाएर बस्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।’ बेसीशहर(७ की सीता भण्डारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुँदैन भन्ने चेतनाको विकास भएको बताइन् ।

    उनले भनिन्, ‘पहिले महिला आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनु हुँदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।

    हिंसाका घटना बाहिर आउनु नै महिलामा आत्मबल बढ्नु हो ।’ बेसीशहरकी पूर्णिमा गुरुङ पनि महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताउँछिन् । वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको प्रहरीको अनुमान छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आव ०७८–७९ को हालसम्म ४८ वटा हिंसाको उजुरी दर्ता भएका छन् । जसमा ३३ वटा घरेलु हिंसाको र १५ वटा ठाडो उजुरीको छन् ।

    गत आव ०७७–७८ मा १ सय २१ वटा हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमा ९२ वटा घरेलु हिंसाको र २९ वटा ठाडो उजुरीको रहेको छ । यस्तै आर्थिक वर्ष ०७६–७७ मा ७९ वटा हिंसाको उजुरी परेकोमा घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ ।

    प्रहरीमा आएका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # घरेलु हिंसाका घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology