Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पानीमा डुबेर पाँच जनाको मृत्यु

पानीमा डुबेर पाँच जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७८ शुक्रवार • १२:५७:५३ बजे
  • 1.1K
    SHARES
  • पानीमा डुबेर पाँच जनाको मृत्यु

    इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राईको बिहीबार मृत्यु भएको छ ।

    images

    साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय विशाल विष्टको बिहीबार मृत्यु भएको छ ।

    उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

    अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।

    उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ ।

    रौतहटको चन्द्रपुर नगरपालिका–२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology