Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

क्यान्सर पीडित मिनाको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल  

क्यान्सर पीडित मिनाको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल  

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • १३:२९:४३ बजे
  • 2.7K
    SHARES
  • क्यान्सर पीडित मिनाको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल  

    म्याग्दी, बेनी नगरपालिका-२ की क्यान्सर पीडित मिना बि.क को उपचारमा आर्थिक अभाव भएको छ । बेनी नगरपालिका-२, जामरुककोटकी ३२ वर्षीय मिना बि.क बिगत २ वर्षदेखि घाँटीमा क्यान्सर (NHL Lymhoma) बाट ग्रसित भएकी छिन । 

    images

    क्यान्सर पीडित मिना बिगत २ बर्षदेखि वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत छिन । उनको उपचारमा हालसम्ममा करिब ३० लाख खर्च भईसकेको र थप उपचारको लागि अझै ठुलो रकमको आवश्यक रहेको दाजु बिनोद बिस्वकर्माले बताउनु भएको छ । 

    b3.jpg
    क्यान्सर पीडित मिनाको घरको आर्थिक अवस्था अत्यन्त कम्जोर भएकै कारण उनको उपचारमा समस्या परेको हो । घरको जायजेथा बेचबिखन गर्दा पनि उपचार गर्न आर्थिक सम्भव नभएपछि उनको उपचारको लागि देश तथा बिदेशमा रहेका नेपाली संघ-संस्था लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट सक्दो आर्थिक सहयोग गरिदिनको लागि दाजु बिनोद बिस्वकर्माले अपिल गर्नु भएको छ ।

    b2.jpg

     बेनि नगरपालिका- ३, भकिम्ली छेपारेमा जन्मघर भएकी क्यान्सर पीडित मिनाको बेनपा-२ का यामु बि.क संग विवाह भएको थियो । क्यान्सर पीडित मिनाको घरमा दुई छोरा रहेका छन ।

    यदी तपाईहरु पनि क्यान्सर पीडित मिनाको आगि आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने निम्न ब्यक्तिलाई सम्पर्क गर्न सक्नुहुने छ । 

    अमृता श्रीपाल (बहिनी) 
    मोबाईल न: 9805287559 
    बैंक खाताको नाम :  Jibana bk A/C No 3507010013719 (Globle IME Bank)

    Yam prasad Bishwokarma (भिनाजु)
    मोबाईल न: 9847642452 
    A/C No 118000000570B (NCC Bank) 

    साथै बिदेशमा रहनु हुनेहरुले सजिलो र छिटोको लागी Gofundme मार्फत आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।

    थप जानकारिको लागी वडा अध्यक्ष हिरा बहादुर थापा बेनपा-२, जामरुककोट 9857627379, 
    वडा अध्यक्ष पदम पुन बेनपा-३, भकिम्ली 9857640521

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology