Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न सिआइबीले प्रियंका कार्कीलाई बोलायो

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न सिआइबीले प्रियंका कार्कीलाई बोलायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • १८:००:३७ बजे
  • 1.7K
    SHARES
  • क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न सिआइबीले प्रियंका कार्कीलाई बोलायो

    नायिका प्रियंका कार्की नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी छिन् । त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको छ ।

    images

    अहिले उनीसँग सोधपुछ भइरहेको सिआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । “उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो ।

    त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका हौँ,” प्रवक्ता महतोले भने । सोधपुछको क्रममा प्रियंकाले क्रिप्टोकरेन्सी कारोबारीहरूले आफ्नो तस्बिरको प्रयोग गरेको बताएकी छन् ।

    उनको फोटो प्रयोग गर्दै विज्ञापन बनेको पाइएपछि सिआइबीले उनलाई सम्पर्क गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ ।

    फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो । नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानुनी छ ।

    यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रियंका कार्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology