Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ

विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • १८:०९:२६ बजे
  • 1.3K
    SHARES
  • विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ

    विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।

    images

    नेपाल एयरलाइन्सको उडानबाट दुबइ जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत् अष्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् ।

    काठमाडौँ महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

    त्यस्तै काठमाडौँबाट दोहा हुँदै अष्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भइ काठमाडौँ–१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अष्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    लुकाइछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology