अहिले देश निर्वाचनमय वातावरणमा हुदा ढिला चाँडो जे भए पनि सबै राजनीतिक दलहरु चुनाव केन्द्रित गतिविधिहरुमा होमिने जमर्को गर्दैछन्। राजनीतिक दलहरु विगत इतिहासको आफ्नो राजनीतिक विरासतको जगलाई जोगाउन नसकेर चुनावी गठबन्धनलाई अन्तिम सम्म जोडी राख्न सत्तासिन संस्थापन पक्ष गठबन्धन शक्तिहरु संग अलमल जस्तो देखिदा सस्थापन इतर पक्ष भने जसरी पनि एक्लै चुनाव लड्ने भनेर संस्थापन पक्षलाई दबाव दिईरहेको छ। त्यसै गरी सत्ता गठबन्धनमा सामेल भएको कम्यूनिस्ट घटकहरु भने गठबन्धनलाई कायम राखि राख्न जोडबल गरेर प्रधान मन्त्रीलाई दबाब सिर्जना गरिरहेका छन्।
त्यसै गरी नेकपा एमाले पनि आफ्नो पार्टीबाट अलग भएका १४ जना साँसदहरुको विषयलाई उज्जेलित पारेर ६ महिना अघि देखि संसदलाई अबरुद्द पारी सभामुख तिर खरो रुपमा खनिएको अवस्था संगै चुनावी अभियानमा अगाडि बढिरहेको छ।त्यसै गरी साना राजनीति दलहरु पनि आफना चुनावी एजेण्डा बनाउनतिर केन्द्रित छन्।आखिर सबै राजनीतिक दलहरू यसो गरिरहनुको अर्थ भने आफ्नो राजनीतिक दाउको फन्ना तेर्साएर जनमत आफूतिर केन्द्रित गर्ने रणनीति अपनाउदैछन् ।
वर्तमान राजनीति वृतमा आस्था,निस्ठा,अनुशासन
इमान्दारीता र नैतिकता जस्ता पक्षहरुमा खराव राजनीति संस्कारले गलाउदै छ।हिजो विचार दर्शनलाई स्पात जस्तो दरो रुपमा ग्रहण गर्दै जीवन र जगतलाई बुझेको सच्चा देशको पहरेदारको भूमिका निभाउने सबै जसो राजनीतिक दलमा आवद्द आस्थावान नेता कार्य कर्ताहरु आज निरीह बनिरहेका छन। अहिले विचारलाई गोलमोटल गराएर सत्ता राजनीतिको भागबन्डामा तत्लिन हुन पुगेका छन्। हरेक दलहरुमा आफ्नो सत्ता स्वार्थ संगै व्यक्तिगत राजनीतिक भविस्यलाई कसरी सुरक्षित गराउन सकिन्छ भन्ने चिन्ताले सताएको देखिन्छ।एक डेढ़ वर्ष अगाडि देखि नै सरकार भित्रै सामेल भएका दलहरु विचको आपसी द्वन्द तथा खिचातानीले गर्दा बलियो भनिएको सरकार नै विघटित हुनुले पनि देशमा एक खालको राजनीति अस्थिरता पैदा हुन गयो।
फलस्वरूप राजनीतिक दलहरुमा सत्ता,पद,पैसा,कूर्सि आदिको मोहले तरंगित हुने वातावरण भयो। पार्टीमा व्यक्तिको लगानी,समर्पण,त्याग,क्षमता,सिर्जनशिलता,जेष्ठता वरीयता आदिको मूल्यांकन नगरिकन कनिस्ट,असक्षम तथा व्यक्ति पहूचको आधारमा पदहरु सिर्जना गरेर बाँड्ने कार्यले झनै पार्टीलाई बदनाम बनायो।यस खालको अराजनीतिक विकसित घटनाक्रमले देश र जनताको लागि होईनकी बरु आफ्नो फाइदाको राजनीतिका लागि छेपारे रंगको मौसमी दल त्याग गर्ने ग़ैर राजनीतिक चरित्रले देशलाई अस्थिरता तर्फ डोर्याउदैछ।
देशमा २०६२/०६३ को दोस्रो जन आन्दोलन पश्चात संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना भए पछि शान्ति,स्थिरता र स्थायित्वले देशको विकास र संवृद्दीको मार्गमा जनताहरु रमाउने दिवस आउने महान सपनाहरु तुषारापात भए।देशमा दशकौ देखि सामन्ती जगमा जरा गाडेर बसेको राजतन्त्रात्मक राज्य व्यवस्था परिवर्तन गरिए पनि जनताको अवस्थामा भने खासै परिवर्तन हुन सकेन।देशमा झन झन व्याप्त अनिनयमितता, घुसखोरी,कमिसन, भ्रस्टाचार,अपराध आदिको पराकास्टाले सीमा नाघी देशको संरचना नै बोझिलो भारी हुन गएको छ।
नेता कार्य कर्ताहरुको जीवन भने सुकिला मुक़िलाको यश जीवन बन्न पुग्यो।हिजो गाउ वस्तिमा जुत्ता चप्पल नपाएर नाँगो खुट्टाले हिडेको,फाटेको सद्दरी,च्यातिएको वर्की, पुरानो कक्कटिएको खास्टो र बस्ने ओत समेत नपाउने हैसियतकाहरु आज महँगा गाडीहरुको सवार, आलिशान महलको शयन कक्ष,क़याफे,रिसोर्टमा चिया पिउने हैसियत राखेर आज गरीव दुखी जनताको घरको पिढीमा पाक्दै गरेको ढिडो सिस्नोको गास र छाप्रोको बाँस हेरेर सर्म अनि लाज पचाएर तथा घिनाएर नाक खुमच्याउन पछि पर्दैनन।
आज प्रकाश सपूतले निकालेको “पीर” नामक गीति भिंडियोंलाई लिएर दश हात माथि उफ़्रीएर अपमान गरिरहदा हिजो जनयुद्दको महासागरमा सुख्खा रोटी काचो नुन खुर्सानी खाँदै,हिड्दै हातमा हात,कांधमा कांध मिलाएर साथ साथमा संगै हेल्लिदाको पीर व्यथाले किन पोल्दैन? पीर गीतको भिंडियोंले दिन खोजेको सन्देश जनयुद्दका सपनाहरु अधुरै अपुरै रहेको भनेर ठूला नेतृत्व वर्ग र अरु कार्य कर्ताहरुको तन मन मस्तिष्कहरुबाट भए गरेको गल्ति कम्जोरीहरुलाई सच्याउन भनेर प्रस्टयाउदा पनि किन लाल बुझक्कडहरुबाट अतिरंजित बनाउन खोजेको होला?
त्यसै गरी देश र जनताको परिवर्तनलाई नरुचाउने यथास्थितिवादी प्रतिगमनकारी शक्तिहरु पनि आगोमा घिउ थपे झै किन विषय वस्तुलाई उज्जेलित गराएर खराव राजनीतिको दाउमा च्याखे थापेको होलान ? जीवनको वास्तविक कथा व्यथालाई किन सहन गर्न नसकेको होला? यो कुरा गर्दै गर्दा २००७ साल अघि पछि हुदै दिलबहादुर रम्तेल लगाएत अरु तमाम सयौ आमा बुवाहरुका आफू र अर्काका निर्दोष शहिद छोरा छोरीहरु हिडेको बाटो सम्झनु पर्दैन र ? अपराधिद्वारा विभत्स हत्या गरिएकी निर्मला पन्त देखि अरु चेलीहरुको हत्या काण्डलाई खोजी गरी अपराधिलाई कड़ा क़ानूनी कठघरामा ल्याउनु पर्देन र ?
मानव संसारको फराकिलो जीवन साहित्यलाई पढ़न सक्नु पर्दछ,बुझ्न सक्नु पर्दछ अनि विश्लेषण गर्न सक्नु पर्दछकी हिजोको इतिहासका महान विचारकहरु,श्रस्ठाहरु,दार्शनिकहरु,राजनेताहरु,साहित्यकारहरु,कलाकारहरु आदिले पनि कलमको लेखन कला,चल चित्र आदिका माध्यमबाट जीवन र जगतको पीर व्यथालाई उजागर गरेको किन नदेखेको होला? साहेद हामी सबैले हिजो नै विध्यालय,कलेज तथा विश्व विध्यालयमा अध्ययनरत हुदा पढ़ेका,बुझेका क़ुराहरुलाई नै ख्याल गरेर समाज विज्ञानको पाटोलाई विचारेर राजनीतिक यात्रा गरेको क़ुरालाई किन यति छिट्टै विर्सिएको होला !
आज यहि क़ुरा “ पीर” नामक गीति भिंडियोंले दिन खोजेको चित्रपट सन्देशलाई सतही बुझाईले होईनकी जनयुद्दको वास्तविक गहिराईमा पुगेर देश र जनताको लागि अगाडि बढ़न जरुरी छ भन्न खोजेको यथार्थता हो।यो पीर नामक भिंडियोंले हिजोका जनयुद्दका सहयात्राबाट चोईटिएर किनारा लागेकाहरु मात्र नभएर अरु सिंगो राजनीतिक दलहरुको सक्कली अनुहारको चित्रण गर्न खोजिएको हो भन्ने अर्थले पनि बुझ्न सक्नु पर्दछ