Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७८ सोमवार • ०८:४२:४२ बजे
  • 1.6K
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशिको लागि आजको दिन धनलाभ हुनसक्ने छ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुने छ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनका इच्छा पूरा हुँदै जानेछ । मौन रहेर आफनो काम गर्नु उत्तम हुनेछ ।   

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा  छाउने छ ।  पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुने छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्ने छ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्ने छ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुन सक्नु हुने छ । कसैप्रति भैरभाव राखेर काम नगर्नु होला । सोचपूर्वक दिनकार्य गर्नु उत्तम हुने छ ।   

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुन सक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुन सक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुने छ । 

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्ने छ । यात्रा गर्दा तपाईलाई फाइदा हुने छ । मित्रहरुको साथ र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुने छ । विवाद हुँदा तपाईमाथि नै आरोप लाग्न सक्छ । 

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनु हुने छ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुने छ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । कुमारी कन्यालाई बस्त्र र भोजन दिनु उत्तम हुने छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्ने छ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुने छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नाले मनमा शान्ति हुने छ ।  यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्ने छ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    आजको दिन यात्रा अवरोध आउन सक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुने छ । मानसम्मान मिल्न सक्ने छ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुन सक्छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    तपाईले गरिरहनुभएको कामबाट धनलाभ हुने छ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नु हुने छ। देवालय र शिवालयको यात्रा तपाईका लागि आज फलदायी हुनेछ । कुमारी कन्या र वृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।  

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    तपाईको लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । 

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुने छ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्ने छ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । 

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको सुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले मौन रहनु वेश हुने छ । कसैप्रति वैरभाव नराखी आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल वृद्धि हुँदै जाने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology