Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल र युएइ भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

नेपाल र युएइ भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७८ सोमवार • ०९:०४:०६ बजे
  • 2.1K
    SHARES
  • नेपाल र युएइ भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

    अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (युएइ)विरुद्ध खेल्दै छ ।

    images

    दुबइमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ ।

    आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

    यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा युएइसँग ४८ रनले पराजित भएको थियो ।

    नेपाल र युएइबीच हालसम्म पाँच एकदिवसीय खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने युएइ तीन खेलमा विजयी भएको छ ।

    प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौँ स्थानमा छ । युएइ १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

    नेपालको टोली
    सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology