Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • १४:०४:३१ बजे
  • 1.2K
    SHARES
  • साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

    ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो ।

    पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिइ उनी फरार रहेकी थिइन् ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिला पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology