Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"खाडिको जवानी र यौवन"

"खाडिको जवानी र यौवन"

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • १७:१२:५८ बजे
  • 5.1K
    SHARES
  • "खाडिको जवानी र यौवन"
    प्रदेशी जीवन रोचक र घोचक छ । रोचक यस अर्थमा छ । जति कमायो त्यति नै खर्च गरी रमायो सके कमाउला नसके पनि आय स्रोत भए सम्म शरिरका सबै इन्द्रियहरूलाइ खुशि बनाउला यहिबाट स्वर्गको यात्रा तय गरैाला । ढिलो चाडो बैकुठमा बाँसको प्रतिक्षा गरी बसौंला,घोचक यस अर्थमा छ, प्रवास हिडेको झन्डै बिस बर्ष पूरा भयो तर पनि घरमा चुने छानो फेर्न सकिएन, आमाको चोलि फेर्न सकिएन, साउको ऋण तिर्न सकिएन, आफनो आफन्तलाइ खुशि बनाउन सकिएन, बाझो बारीमा खेतिपाति लगाउन सकिएन, छिमेकीलाई आफनो बनाउन सकिएन, बिबाह गरी एक महिना हनिमुन मनाएर घरमा छोडेको श्रीमतीलाइ आफनो बनाउन सकिएन, खन्तरेको छोरा मन्तरले मन्तर हानी आफनो बनाएछ । यहि भित्रको सेरोफेरोमा लगभग हामी पन्चानब्बे प्रतिशत नेपालीको यथार्थ सग तालमेल हुन्छ । 


    नेपालीहरु अरबमा नै कमायो अरबमा नै रमायो यहि जीवनलाई बाह्र सताइसको कुरा गर्‍यो । समय बितेको थाहा नपाउने गरी लोकल ठरा र खशीको हयाकुला नेपाली लोकल युवतिको यौबनमा रमायो यसरी नै आफनो जीवन प्रबल शक्ति अरबमा बेतित गरयो यहि सर्घषलाइ नै आफनो अमुल्य उपल्बधि बनाउने सख्या धैरै छ । समान्य ब्यक्ति देखि बौद्धिक बर्ग पनि यो कार्यमा तलिन भएको देखिन्छ । 

    हिमाल र पहाडले भरीपूर्ण भएको हाम्रो देश नेपाल हावापानी पनि बिबिधता छ । त्यहि फरक भित्र कृषि पशुपालनको लागी मनसुनको परिक्रम सगै व्यवस्थापन गर्ने हामी सबैको प्रचलन छ । यो प्रचलन त जीवन धान्नको लागी गरीने समान्य प्रक्रिया भयो । तर प्रवासको मनसुन फरक तरीकाको देखियो एक महिना काम तिन दिने बिदा यो कस्तो खालको प्रक्रिया हो ! बुझ्नै गाह्रो छ । यहि गाह्रो र साह्रो बिचमा फरक रोचक दृश्य देख्न सकिन्छ प्रवासको गल्ली गल्लीमा जवानीको लुटाइ र मालिकको शब्दको कुटाइले शरिरको उर्जा यति धैरै बिकाश भएको छ कि अन्दाज गर्न पनि कठिन छ । 

    लेक र बेसि बस्ने चलन धैरै पहिलेबाट जिवत थियो । छ पनि तर जवानीको लेक र बेसि झर्ने प्रचलन पहिलो पटक प्रकट भएको देखेको छु । जवानीको भारी बिसाउनलाई पनि यस्तो छक्कै पर्ने प्रक्रिया चल्दो रहेछ । एक महिना काम तिन दिन बिदा कति रमाउने अब यहि सेरोफेरोमा धैरै नेपालीको समय बर्बाद भएको छ । क्षणिक स्वार्थको लागी सिङगो जीवन अरबमा बिताउनेको सख्या धैरै छ । प्रवासमा श्रीमान वा श्रीमति युवा या युवति हरायो परिवारसग सर्म्पक बिछेद भएका घटना आउने कारण यहि प्रक्रियाले गर्दा हो । यसरी नै जवानीलाई सदुपयोग भन्दा पनि दुरूपयोग गर्ने, धैरै छन ।

    लिभिङ टुगेदर बस्यो गर्भवती भयो अन्त्यमा दुबै जना बिभाजित भयो यो मेरो होइन अन्य कसैको हो मलाइ स्वीकार्य छैन भनि सर्म्पक बिहिन भयो अन्त्यमा समाजिक संस्थालाइ र युटुव पत्रकारलाई जानकारी गरायो आफनो पर्दाफास गरयो यस्तै मानबलाई सामाजिक संघ संस्थाले आर्थिक सहयोग गरी उद्रार गरयो अन्त्यमा सुत्केरी आमालाइ जीवन रक्षा गरेको अनलाइन खबर प्रकाशित गर्ने प्रचलन धैरै छ। सुपात्रलाई दान गर्नु राम्रो हो तर कुपात्रलाइ (दान दिनु लिने दिने दुबैलाइ राम्रो हुदैन) यो कथन भागवत पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाइ दिएको पृथक उपदेश हो । त्यसकारण दानको पनि दुरूपयोग नगरौं । दिएको दान सदैब सदुपयोग र सत्कर्म प्रयोग होस । 

    त्यसकारण सदैब सत्यको खोज र अन्वेषणमा सबैको समय बितोस यस्ता कुकार्यमा तलिन हुने र तलिन हुनबाट बच्नु बचाउनु हामी सबैको काम कर्त्वय हो । असल नागरिक भएर आफनो परिचय स्थापति गर्ने प्रयास जारी राखौ। आफनो जवानीको मोलमोलाइबाट सदैब सजग रहने र कोशिश गर्ने कि ! घाम पछि जुन जवानी पछि बुढौली भन्ने कुराको पनि हेक्का राख्ने प्रयास गर्ने कि! 
    यस्ता खराब र कुकर्म गरी जीवनलाइ नै बबार्द गर्ने गरी आफनो समयलाइ नष्ट नगरौं ,जति सकिन्छ सचेत बन्ने कि! समाजिक अभियान्तले यस्ता बिक्षिप्त हुने कार्यलाई सकेसम्म निषेध गर्ने भुमिका निवार्ह गरौ । हिमाल झै उच्च र हिउ जस्तै स्वच्छ जीवन बिताउन प्रयास जारी राख्ने कि ! जय नेपाल जय नेपाली ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology