Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १३:४३:०७ बजे
  • 1.0K
    SHARES
  • कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

    रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ ।

    images

    कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो ।

    दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ ।

    निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउनेछन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology