Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनएमा रविना थापा, कुल आचार्य र बद्री केसी ३ जना अध्यक्ष बन्ने

एनआरएनएमा रविना थापा, कुल आचार्य र बद्री केसी ३ जना अध्यक्ष बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १३:४९:१३ बजे
  • 1.7K
    SHARES
  • एनआरएनएमा रविना थापा, कुल आचार्य र बद्री केसी ३ जना अध्यक्ष बन्ने

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ ।

    images

    एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो ।

    शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् । नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

    शेष घलेले राखेको प्रस्ताव अस्वीकार गरेको पन्तको खुलासा


     गैरआवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्तले निवर्तमान संरक्षक शेष घलेले राखेको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बताएका छन् ।

    काठमाडौँमा जारी एनआरएनको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै १ सय जनाबीच प्रतिनिधिभित्र मात्रै मतदान प्रक्रिया अपनाएर नेतृत्व चयन गर्ने घलेले राखेको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् ।

    पूर्वअध्यक्ष घलेको नाम नलिइ अध्यक्ष पन्तले एनआरएन फुटाउने उनको प्रयास पनि असफल भएको दाबी गरेका छन् । ‘हिजो अस्ति केही दिनअघि पनि गैरआवसीय संघको महाधिवेसन भनेर आयोजना गरिएको थियो, त्यसलाई जोक सम्झिए पनि सम्झनुहोस्,’ पन्तले उदघाटन सत्रमा भने, ‘त्यहाँ रहेका साथीहरुले यो संगठनलाई फुटाउन दिनुभएन, तपाईंले पहलकदमी गर्नुहोस भन्नुभयो, उसो भए मैले केही गर्नुपर्छ भनेर सोध्दा निवर्तमान प्रमुख संरक्षकज्यूलाई भेटेर कुरा गर्नुहोस भन्ने सुझाव आयो ।’

    निवर्तमान संरक्षक घलेसँग भएको वार्तालापका बारेमा थप जानकारी गराउँदै पन्तले अगाडि भने, ‘मैले पटक पटक उहाँलाई म्यासेज गरे, फोनै गरेर भने आउनुहोस मिलेर काम गरौं भने, तपाई एक्लैले यसरी काम गर्न मिल्दैन, यो नेपालीहरुको चाहाना पनि होइन भने, उहाँसँग विभिन्न राष्ट्रका समन्वय परिषद्का सदस्य पनि उपस्थित रहेछन, उहाँहरुले पनि आग्रह गर्नुभयो ।’

    एनआरएनको विभाजनलाई जोगाउनका लागि स्वयं घले पक्षद्वारा गरिएको भनिएको महाधिवेसन स्थल याक एन्ड यतिमा पनि पुगेको पन्तको भनाइ थियो । ‘म आफैँ याक एन्ड यति गए, उहाँले भन्नुभयो, कार्यक्रम सुरु भइसकेको छ, यसैलाई अब क्यारी अन गर्नुहोस, मैले भने– अदालतमा मुद्दा चलेको छ, अदालतले चुनाव नगराउनु भनेको छ, चुनाव गराउनतर्फ लागियो भने समस्या पो हुने हो कि ? बरु यसलाई प्रि–कन्फ्रेन्स भनौं, महाधिवेसन उदघाटन भयो, हिजो हामी थिएनौँ तर पनि उदघाटन समारोह मान्न तयार छु तर त्यसरी भन्दा के पो हुने हो कि, पहिला वकिलहरुसँग सल्लाह गर्छ, यदि सही रैछ भने म क्यारिअन गर्न मञ्जुर छु ।’

    घलेसँग याक एन्ड यतिमा भएको वार्ताका बारेमा अध्यक्ष पन्तले थप अगाडि भने, ‘तर, उहाँको सर्त थियो– हिजो रजिस्टर्ड भएका मान्छेहरु अर्थात झन्डै १ सय जनाको बीचमा चुनाव गराउनुहोस्, उहाँका अनुसार त्यो मेरो कर्तव्य रे, अन्तर्राष्ट्रिय समन्वय परिषदको काम रे अनि म अब यो जोकमा फस्दिनँ भनेर त्यहाँबाट जुरुक्क उठेर हिँडे ।’

    उनका अनुसार घलेका आग्रहमा उपस्थित हुन आएका प्रतिनिधिहरुले पनि ‘एनआरएनलाई फुटाउने काममा लाग्नुभएको रहेछ भन्ने बुझनु भएछ, पछि मलाई आएर भन्ने उहाँहरुले नै भन्नुभयो– हामी तपाईंको पक्षमा छौँ, अघि बढनुहोस् भनेर साहस दिनुभयो, अहिले हामी एकताबद्ध भएर उभिएका छौँ ।’ सम्मेलनमा घलेबाहेक सबै पूर्वअध्यक्षहरु उपस्थित भएको सो कार्यक्रम काठमाडौँमा जारी छ ।

  • सम्बन्धित विषय:

  • # ३ जना अध्यक्ष बन्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology