Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एन्टीबडीज शरीरमा ५० दिन बढी टिक्दैन : वैज्ञानिक

एन्टीबडीज शरीरमा ५० दिन बढी टिक्दैन : वैज्ञानिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • ०८:५३:२६ बजे
  • 3.9K
    SHARES
  • एन्टीबडीज शरीरमा ५० दिन बढी टिक्दैन : वैज्ञानिक
    एजेन्सी । कोरोना भाइरसको सन्दर्भमा ईम्युनिटी र एन्टीबडीजलाई लिएर विश्वभर विभिन्न खोज तथा अनुशन्धानहरु भैरहेका छन । त्यस्तै यसबारे भारतका डाक्टरहरुले पनि अनुशन्धान सुरु गरेका छन । यो अनुशन्धान मुम्बईको जेजे ग्रुप अफ हस्पिटलका कोरोना प्रभावित हेल्थकेयर स्टाफहरुमा गरीएको हो ।
    अध्ययन अनुसार कोभिड–१९ एन्टीबडीज शरीरमा दुई महिनाभन्दा बढी रहंन नसक्ने नतिजा प्राप्त भएको छ । डाक्टर निशान्त कुमारद्वारा लिखित शोधपत्रमा यो विषय उल्लेख छ । डा.कुमारले भने, “जेजे, जीटी र सेन्ट जर्ज अस्पतालका ८०१ जना स्वास्थ्यकर्मीमा गरीएको अनुशन्धानमा २८ जनाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आयो ।
    यो परीक्षण अप्रिलको अन्त र मे महिनाको सुरुवाती दिनमा गरिएको थियो । जुन महिनामा गरिएको सीरो सर्वेमा यी मध्येका २५ संक्रमितमा एन्टीबडी फेला परेन ।” यो रिपोर्ट सेप्टेम्बरमा ईन्टरनेशनल जर्नल अफ कम्युनिटी मेडिसिन एण्ड पब्लिक हेल्थमा प्रकाशित गरिनेछ । जेजे अस्पतालको सीरो सर्वेमा ३ देखि ५ हप्ता अघि कोरोनाको पिसिआर पोजेटिभ रिपोर्ट आएका ३४ जना पनि सहभागी थिए ।
    डाक्टर निशान्त कुमारले भने, “तीन हप्ताअघि संक्रमित भएको ९० प्रतिशतमा एन्टीबडीज पाइयो । तर ५ हप्ता अघि संक्रमित भएकाहरु मध्ये ३८.५ प्रतिशतको शरीरमा मात्रै एन्टीबडीज भेटिएको थियो ।” शरीरमा एन्टीबडीज दुई महिना भन्दा बढी समय रहन सक्दैन भन्ने वैज्ञानिकहरुको तर्कलाई यो अध्ययनले थप बल पुर्याएको टाइम्स अफ ईण्डियाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology