Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैरआवासीय नेपाली संघको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

गैरआवासीय नेपाली संघको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७८ आइतवार • १७:३०:०६ बजे
  • 991
    SHARES
  • गैरआवासीय नेपाली संघको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

    काठमाडौ - काठ्माण्डौको होटल याक एण्ड यति दरबारमार्गमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि बिनोद कुँवरकोअध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ।

    images

    नव निर्वाचित नेतृत्वले मार्च २६, २०२२ मा बैठक बसी संघ दर्ता(दर्ता)(६३१५) भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा बिधान दर्ता गर्ने निर्णय गरेको थियो। सोहि अनुरुप अध्यक्ष कुँवर र अन्य कार्यकारी सदस्यहरु आज मार्च २७, २०२२ आइतबार मन्त्रालय पुगेर बिधान दर्ता गराएका छन्।

    पदाधिकारीहरुबाट सहि गरेको बिधान आज मार्च २७, २०२२ का दिन बिहान करिब ११:०० बजे दर्ता गरिएको कुरा संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो। उहाँले अब सचिवाल गएर अफिस संचालन गर्ने जानकारी दिनुभएको छ।

    यसपूर्व गैरआवासीय नेपाली संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले संघको १० औं महाधिवेशन सम्पन्न गर्ने संघका प्रमुख संरक्षक शेष घलेलाई जिम्मेवारी र अधिकार सहितको पत्र दिएको थियो।

    प्रमुख संरक्षक शेष घलेले सो जिम्मेवारी पुरा गरेको र अब नयाँ नेतृत्वले संघलाइ अगाडि लैजाने कुरामा आफू विश्वश्त रहेको कुरा महाधिवेशनको समापनमा बताउनु भएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology