Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • ०८:५५:४५ बजे
  • 1.8K
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशिको जातकको लागि आजको दिन आम्दानी हुने छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्ने छ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुने छ । स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला । 

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुने छ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई शत्रुले समेत तपाईलाई सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि उत्तम हुने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुने छ । व्यापार व्यवसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुने छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुने छ । तपाईलाई मानसम्मान मिल्ने छ । आजको दिन कसैसँग विवाद नगर्नु ठीक होला ।   

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुने छ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । 

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्ने छ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुने छ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।   

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले सोचे अनुसारको काम हुने छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्न सक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नु होला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुने छ । परिवारमा विवाद हुनसक्छ बेलैमा होसियार हुनुहोला ।  

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईले आजको दिन सुरु गरेको काम सफल हुने छ । ब्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुने छ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउन सक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्ने छ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुने छ । अनावश्यक यात्राको लागि प्रस्ताव आउन सक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुने छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला । परिवारमा अपमान पनि हुनसक्छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुने छ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नु हुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुने छ । आज विहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।  

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्ने छ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउने छ । आर्थिक वृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुन सक्छ । चन्द्रमाको साथ रहेको छ । आज तपाईको सोचअनुसार काम हुने छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुने छ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नु होला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्ने छ । अध्ययन अध्यापनको काममा लाग्नुहोला ।   

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुन सक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुने छ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुन सक्छ ।  नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुने छ ।

    नोटः आज एकादशी भएकाले यदी व्रत बस्ने गर्नुभएको छ भने अन्न ग्रहणका लागि निषेध छ । यदी व्रत बस्ने गरेको छैन भने पनि एकादशीको दिन शुद्ध भोजन खानु उत्तम हुने छ । 

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology