Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • ०८:५१:५३ बजे
  • 1.8K
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

    धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    images

    सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । 

    सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology