Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उच्च अदालत जाँदै पल शाह

उच्च अदालत जाँदै पल शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • ०८:५६:४१ बजे
  • 1.3K
    SHARES
  • उच्च अदालत जाँदै पल शाह

    एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।

    images

    पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् ।

    पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौं ।

    आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौं’, उनले भने । जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो ।

    ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

    गायिकालाई सुटिङका क्रममा विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक(पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

    अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका(४ दुलेगौंडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ ।

    १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मसर्मपण गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology