Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिल्ला अदालतको आदेशबिरुद्ध पलले दिएको निवेदन न्यायाधीश भण्डारीको इजलासमा

जिल्ला अदालतको आदेशबिरुद्ध पलले दिएको निवेदन न्यायाधीश भण्डारीको इजलासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७८ बुधवार • १२:३१:५५ बजे
  • 1.0K
    SHARES
  • जिल्ला अदालतको आदेशबिरुद्ध पलले दिएको निवेदन न्यायाधीश भण्डारीको इजलासमा

    कलाकार पूर्णविक्रम शाह ‘पल’को निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पुगेकाे छ । नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार शाह पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन् ।

    images

    गत चैत १० गते उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतले तत्काल प्राप्त भएको प्रमाणले बालिकालाई बलात्कार गरेको देखिएका कारण पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    तर कलाकार शाहले बुधबार उच्च अदालत पोखरामा उक्त आदेशबिरुद्ध निवेदन दिएका थिए । शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गरिएको छ ।

    सो निवेदनको नियमित पेसी बुधबार नै सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो । पल शाह १५ वर्षीय नाबालिगलाई ललाई- फकाई विभिन्न आश्वसन दिएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # आदेशबिरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology