मयूरपाटी - माया प्रेमको कथालाई समेटेर तयारी पारिएको आधुनिक गित "स्पन्दन" को भिडियो सर्बजनिक भएको छ ।
बेनि नगरपालिका ६ का सुनिल बानियाँ र बरंजा आर्भाङ्ग कि आरति विश्वकर्माको अभिनय रहेको निरोज लामाको गित म्युजिक भिडियो क्रियटिभ मिडिया प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
निरोज लामाको आवाज, दिपक शर्माको संगीत र अनिल बानियाको शब्द रहेको छ ।
भिडियोको निर्देश, छायांकन क्रियटिभ मिडिया प्रोडक्सन निर्देशक भुपेन बानियाँले गरेका छन । भिडियो पुरानो ग्रामीण प्ररिवेशमा रहेको माया प्रेमको झ्ल्को दिने गरि बनाइएको छ ।