Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पर्वतको जलजला र हम्पालको प्रकृतिको काखमा खिचियो "माया प्यारो भो" (भिडियो सहित)

पर्वतको जलजला र हम्पालको प्रकृतिको काखमा खिचियो "माया प्यारो भो" (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८३ शनिवार • १५:१९:४८ बजे
  • 1.5K
    SHARES
  • पर्वतको जलजला र हम्पालको प्रकृतिको काखमा खिचियो "माया प्यारो भो" (भिडियो सहित)

    तेजिन्द्र श्रेष्ठ - पर्वत मल्लाजका उदयमान गायक सुरज श्रेष्ठ र पछिल्लो समयकी व्यस्त गायिका अनु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ गीत "माया प्यारो भो" बजारमा सार्वजनिक भएको छ । 

    images

    अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आएका गायक श्रेष्ठले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू स्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्। उक्त गीतको म्युजिक भिडियोमा पर्वतका रमणीय प्राकृतिक दृश्यहरू कैद गरिएका छन । गायक श्रेष्ठ आफैँले आफ्नो गाउँघरमा पर्ने पर्वतको पर्यटकीय क्षेत्र जलजला र हम्पालमा ट्रेकिङ जाने क्रममा त्यहाँका मनमोहक प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गर्नुभएको हो । यसले नेपाली पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

    उक्त गीतको नामाकरण चर्चित संगीतकार कस्तुप पन्तले गर्नुभएको हो । गीतमा प्रह्लाद सुवेदीको उत्कृष्ट शब्द रचना रहेको छ भने संगीत संयोजन रमेश सेञ्चुरीले गर्नुभएको छ । गीतको म्युजिक भिडियोलाई निर्देशक कुमार केसीले निर्देशन गर्नुभएको हो। 

    भिडियोमा स्वयं गायक सुरज श्रेष्ठ र मोडल आयशा क्षेत्रीको जीवन्त अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको उक्त भिडियोलाई अमृत चापागाईँले सम्पादन तथा रङ संयोजन (कलर ग्रेडिङ) गर्नुभएको हो।
    गायक श्रेष्ठले यस गीतको निर्माण, संगीत तथा भिडियो तयारीको क्रममा आफूलाई निरन्तर साथ र सहयोग दिने सम्पूर्ण टिम, प्राविधिक तथा सहकर्मीहरूलाई विशेष धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

    भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology