मयूरपाटी - नेपाली संगीत उद्योगमा गायक राम गगनले हालै सार्वजनिक गरेको नयाँ गीत 'राजा हजुरले'ले दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ ।
राम गगनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको म्युजिक भिडियो यो समाचार तयार पार्दा सम्ममा १ लाख ३७ हजार भन्दाबढी दर्शकले हेरिसकेका छन्, ।
गीत 'राजा हजुरले'मा राम गगन आफैले शब्द लेखेका छन् । चर्चित गायिका मेलिना राई र आफैले सुमधुर स्वर दिएका उक्त गीतको संगीत भने चर्चित गायक तथा संगीतकार प्रकाश दुतराजले दिएका छन्, । म्युजिक भिडियोमा रायन बस्याल, सुमित्रा गुरुङ, राम गगन, गीता सुनार र कृष्ण दरलामीका उत्कृष्ट अभिनयले अझ रोचक बनाएको छ।
मुकेश नेपालीको निर्देशन रहेको उक्त म्युजिक भिडियोको गीतमा प्रेम, सम्मान, प्रेमिका र प्रेमी बीचको समर्पणको भावना व्यक्त गरिएको छ । सामाजिक सञ्जालमा पनि गीतको चर्चा चुलिँदै गएको छ । यस गीतले राम गगनको संगीत यात्रामा एउटा नयाँ अध्याय थपेको छ। धेरै दर्शक र संगीतप्रेमीहरू उनका पुराना गीतहरूको पनि प्रशंसा गर्दै आएका छन्।
तलको लिंकमा क्लिक गरेर भिड्यो हेर्नुहोला ।